दमक : झापाको अर्जुनधारा नगरपालिका ३ कैजेरे बस्ने ५६ वर्षीय खम्ब बहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार दिउँसो २ बजेको समयमा आफ्नै घरको विद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका सेन्चुरीलाई उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अन्य थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।