सुनसरी: सुनसरीको इटहरीमा रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आफ्नो स्थापनाको २५ औं बर्षको अवसरमा महिला सशक्तिकरणको लागि मेडिटेसन कार्यक्रम सम्पन्न गरेको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र र इटहरी लेडी जेसिजको संयुक्त आयोजनामा शुक्रबार सेवा केन्द्रमा यो कार्यक्रम भएको हो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा दिदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं १ की उपसभामुख सरस्वती पोख्रेल रहेकी थिइन् । महिलाहरुमा सकारात्मक उर्जा दिने उदेश्यले आयोजना गरिएको मेडिटेसनमा रमण भट्टराईले प्रेरणादायी भनाईहरु राखेका थिए ।

सेवा केन्द्र हाल बिश्व भर करिब १६० मुलुकमा रहेका छ । नेपालमा मात्र १५ सय सेवा केन्द्रहरु सञ्चालनमा रहेको इटहरी सेवा केन्द्रले जनाएको छ । २०५० सालमा इटहरीमा स्थापना भएको सेवा केन्द्रले आफ्नो प्रत्येक बार्षिक उत्सवको अवसरमा बिभिन्न समामजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष सिता रसाइली लगायतको सहभागिता रहेको थियो ।