नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्या निम्तने खतरा घट्छ । बदाम खाने व्यक्तिमा डिप्रेसनको समस्या एकदम न्यून हुन्छ । यस्तै, बदाममा पाइने फाइलोस्टेरोल नामक तत्वले ट्युमरलाई नियन्त्रण गर्नुका साथै क्यान्सर हुनबाट जोगाउँछ । हप्तामा दुईपटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ । रोग प्रतिरोधी क्षमता बढाउँछ:

भिटामिन सी

बदामको दैनिक सेवनले रुघाखोकीको जोखिम कम रहन्छ । यसका साथै भिटामिन सीका कारण घाँटीमा हुने खसखस र सुक्खा हुनबाट बचाउँछ ।

तौल नियन्त्रण
बदाम खाँदा पेट डुम्म हुने भएकाले अन्य क्यालोरीयुक्त खानेकुरा खान मन लाग्दैन । खानामा कमी आउनासाथ मोटोपना नियन्त्रण गर्न सकिन्छ ।

डायबिटिजबाट जोगाउँछ
म्याग्नेसियमका कारण बदाम शरीरमा उचित मात्रामा ब्लडसुगर तह कायम राख्न फाइदाजनक मानिन्छ, जसले डायबिटिजको समस्याबाट जोगाउँछ ।

छालामा चमक ल्याउँछ
बदाममा हुने मोनोस्याचुरेटेड फ्याट र रिजैभेट्रोल तत्वले छालालाई चम्किलो बनाउँछ । यस्तै, पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई फ्रलस गरी नरम र चम्किलो बनाउँछ ।

प्रजनन क्षमता बढाउँछ
बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ । यसले महिलामा प्रजनन क्षमता बढाउँछ । यसका साथै गर्भमा रहेको शिशुको विकासमा पनि ठूलो भूमिका खेल्छ । -नयाँपत्रिका दैनिकबाट