धरान: मंसिर १४ मा हुने उपनिर्वाचनमा अन्य स्थान भन्दा धरानलाई महत्वपुर्ण मानिएकाले नेकपाको विद्यार्थी संगठनका केन्द्रीय संयोजकसहितको टिम धरान आउने भएको छ ।

नेकपा मेयरका उम्मेदवार प्रकाश राईलाई विजय गराउन विद्यार्थी संगठनको केन्द्रीयस्तरका नेता आउने प्रदेशस्तरीय भेलामा जानकारी दिइएको हो । आइतबार नेकपा पार्टी कार्यालयमा आयोजित भेलामा जिल्ला अध्यक्ष जिवि गजलले निर्वाचनमा नेकपाका केन्द्रीय संयोजक तथा सहसंयोजको टिमसहित प्रदेशस्तरका नेताहरु पनि धरान केन्द्रित हुने जानकारी दिएका हुन् । अन्य ठाउँमा भने सोही स्थानका केन्द्रिय सदस्य लगायत स्थानीय नेतालाई परिचालन गरिने उनले बताए ।

student

उक्त भेलाले विद्यार्थीका केन्द्रिय तहदेखी तल्लो तहसम्मका नेता तथा कार्याकर्ता रहने गरी निर्वाचन प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रिय सचिव मदन भट्टराइको अध्यक्षतामा भएको थियो भने भेलामा अनेरास्ववियुको केन्द्रिय सचिव वासिम आलम प्रमुख अतिथि थिए । यस्तै, पुर्व विद्यार्थी नेता एवं नेकपा प्रदेश कमिटि सदस्य आइन्द्र बिक्रम वेघा, मकर खड्कालगायतको उपस्थिति रहेको थियो । प्रचारको लागि अनेरास्ववियु तथा अखिल क्रान्तिकारी दुवै संगठनका जिल्ला अध्यक्ष जि वि गजल र बुद्रोस लिम्बु नेतृत्व रहने गरि उपसमिति बनाइने बताइएको छ ।