धरानका पुर्वविद्यार्थी नेता मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त

  • कार्तिक २५, २०७६
  • १६९९ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान: धरान १६ निवासी पुर्व विद्यार्थी नेता नवराज राई १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री शेरधन राईले कार्तिक २१ गतेदेखि लागु हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अघि बढ्छु कार्यक्रमको संयोजक थिए । उनले १ नं प्रदेशका १४ वटै जिल्लामा यो कार्यक्रम पुर्याउन र सगरमाथा टिन्स क्लब गठन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

nawraj

अंग्रेजी बिषयमा स्नातकोत्तर रहेका राई म अघि बढ्छु कार्यक्रमको संयोजक हुनुअघि क्याम्पसमा प्रध्यापन गर्ने गरेका थिए । उनी तत्कालिन एमालेसम्बद्ध अनेरास्ववियुका पुर्वकेन्द्रीय सदस्य हुन् भने एक कार्यकाल एमालेको धरान नगर कमिटि सदस्य पनि भएका थिए । साथै, उनी महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु सचिव पनि भएका थिए ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved