धरान । नेपाल कम्युनिष्ट पाटी(नेकपा) धरानका उम्मेद्धवार प्रकाश राईले दलितहरु माथि हुने विभेद,छुवाछुत र अन्यायको अन्त्य गर्नको लागि आफु मेयर पदमा निर्वाचति भएपछि उपमहानगर स्तरीय छुवाछुत निगरानी केन्द्र(दलित डेस्क) स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमबार दलित सम्पर्क निर्वाचन उप–समितीले आयोजना गरेको कार्यक्रममा उम्मेद्धवार राईले धरान उपमहानगरमा छुटुटै दलितहरुको लागि छुवाछुत निरानी केन्द्र स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने,‘संविधान र कानुनले छुवाछुतलाई सामाजिक अपराधको रुपमा लिएको छ, छुवाछुत गर्नेहरु अपराधी हुन्,त्यसैले दलितहरु माथि हुने विभेद, छुवाछुत र अन्यायलाई निगरानी वढाउने निगरानी केन्द्रको आवस्यकता छ । म विजयी भएपछि मेरो प्रतिवद्धता पुरा गर्नेछु ।’
उम्मेद्धवार राईले राज्यले निः शुल्क स्वास्थ्य विमाको व्यवस्था गरेपनि दलितहरु आर्थिक अवस्थाका कारण,विपन्न र गरिबीको रेखा मुनि भएकाले स्वास्थ्यमा पहँच पुग्न नसकेको बताए । उनले गरिवीको रेखामुनि रहेका विपन्न गरिब र दलितहरुलाई सरकारको स्वास्थ्य विमाको योजनामा पहँुच पु¥याउनको लागि निःशुल्क स्वास्थ्य विमाको विशेष व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । दलितहरको अवस्थालाई परिवर्तन गर्न पनि आफु लागि पर्ने उम्मेदवार राईले बताए ।
नेकपाका केन्द्रिय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यतामा भएको धरान नगर स्तरीय दलितहरुको भेला सम्पन्न भएको थियो । भेलाले नेकपाका उम्मेद्वार प्रकाश राईलाई जिताउनको लागि दिल बहादुर रामदामको संयोजकत्वमा ३ सय ६१ दलित सम्पर्क निर्वाचन उप–समिती पनि गठन गरेको छ । रामदामकै संयोजकत्वमा १३ सदस्यीय सचिवालय वनेको छ भने कार्यालय समिति समेत वनेको छ । समितिको संयोजक रामदामले प्रस्ताव गरी भेलाद्धारा पारित गरिएको थियो । सह–संयोजकहरु तारा लाम्गादे,सावित्री परियार,राजेन्द्र ल्वागुन,किसोर परियार समेत रहेका छन् ।
धरान उपमहानगरको २० वटै वडामा निर्वाचन उप–समितीको संयोजक र सहसंयोजक सहितको कमिटी गठन गरिएको मुल समितिका सह–संयोजक तारा लामगादेले बताए । कार्यक्रमका प्रमुख अतिथी धर्मराज निरौलाले चुनावबाट नेकपाका उम्मेद्धवारलाई विजय गराउन सम्पुर्ण धरानका दलितहरुलाई आग्रह गर्दै समितीलाई अहोरात्र चुनावी मैदानमा खटिन निर्देशन समेत दिए । त्यसैगरि १ नम्बर प्रदेश नेकपाका सदस्य डिबी शाहशंकरले दलितहरुको विकास र अवस्थालाई परिवर्तनको लागि नेकपाबाट मात्रै सम्भव भएको बताएका छन् । उनले भने,विकास बुझेको नेता भनेको नेकपाको उम्मेद्धवार हो, त्यसैले नेकपाका उम्मेद्धवारलाई विजय गराउन दलितहरुलाई आग्रह गर्दछु ।’