धरान: आफुलाई मत माग्न घरदैलो गर्दै धरान–१३ स्थित राई टोलमा पुगेका नेपाली कांग्रेसबाट मेयर पदका उमेद्वार तिलक राईलाई स्थानीयबासीले फुलमाला तथा अवीर जात्रा गरेर भब्य स्वागत गरेका छन् ।

सर्दु खोलाको किनारमा रहेको यो टोलमा कांग्रेस उम्मेदवारलाई यसरी पहिलो पटक स्वागत गरिएको नेपाली कांग्रेसका क्षेत्र नं १ सदस्य आशिष कट्वालले बताए । घरदैलो गर्दै मत माग्दै हिडेका उम्मेदवार राईलाई यसपाली परिवर्तनको पक्षमा हाम्रो मत भन्दै स्थानीयले वचनसमेत दिएका छन् । राई टोलमा स्वागत पछि मन्तव्य दिदै उम्मेदवार राईले खानेपानी, सडक र सुकुम्बासी व्यवस्थापनमा गम्भीरतापुर्वक काम गर्ने बताए ।

धरानमा निरन्तर कम्युनिष्टले जित्दै आएकोले धरानलाई लालकिल्ला भनिन्छ । तर, यसपाली यहाँका उम्मेदवारहरुको मुड परिवर्तनको पक्षमा देखिन्छ । धरान १३ अमर पथका स्थायी बासिन्दा डम्बर बहादुर लिम्बु एक उदाहरण हुन् । उनी यसपालीको चुनावमा परिवर्तन चाहन्छन । सोही वडाका हरिबहादुर लिम्बु पनि परिवर्तनको पक्षमा देखिन्छन् । सधै कम्युनिष्टले जितेको धरानमा मसिर १४ गते हुने उपनिर्वाचनले यसपाली कम्युनिष्टको साख हटाउने कांग्रेस नेता तथा उम्मेदवारको दाबी छ ।

Rai-tol-ma-swagat--(1)

धरानमा आसन्न स्थानीय तहको उपनिर्वाचनमा धरानबासीले स्वाद फेर्ने प्रतिबद्धता ब्यतm गरेको नेपाली कांग्रेसका उम्मेदवार तिलक राई बताउँछन । धरान–१३ को बिहिबार सम्पन्न दोस्रो चरणको घरदैलो कार्यक्रममा वडाबासीले आर्शिवादसंगै परिवर्तनको पक्षमा आफ्नो अमूल्यमत दिएर स्वाद फेर्ने प्रतिबद्धता जनाएको समेत उम्मेदवार राईले बताए । धरान १३ अमर पथ, जिरो पोइन्ट, फुर्से, भुपु.सैनिक मार्ग, राई टोल जस्ता दर्जनौ टोलमा परिवर्तनको पक्षमा मतदान गर्छौ भन्ने मतदाता भेटिएको उनको भनाई छ । ३ दशकदेखि धरानलाई नेतृत्व गरेको कम्युनिष्टहरुले काम नगरेकोले सजाय दिन र नेपाली कांग्रेसलाई एक पटक मौका दिन आग्रह गर्दै कांग्रेस नेता राई घरदैलोमा ब्यस्त छन् ।

samasya-sundai-tilak-rai--(