धरान: किर्तिपुर नगरपालिकाबाट ३२ जना कलाकारहरुको टोली धरान आएका छन् ।

उनीहरुले बुधबार नेवारी साँस्कृतिक बाजागाजाका साथ नाच्दै गाउदै धरानको धार्मिक पर्यटकीयस्थल तथा मठ मन्दिरहरुको परिक्रमा गरेको छ । कृतिपुर १६ जोडी पुचःको नामले चिनिएको टोलीले धिमे बाजा, खी बाजा र बाँसरी बजाउर्दै गाउदै नाच्दै विजयपुरको दन्तकाली बुढासुब्वा पिण्डेश्वर लगायतको मन्दिर परिक्रमा गरेका थिए । भ्रमण बर्ष २०२० लाई सफल बनाउन र आफ्नो मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्धन गर्न उनीहरु किर्तिपुरबाट धरान आईपुगेका हुन् । कलाकार टोलीलाई धरानमा कलाकार सुवास शाक्य, विशाल भण्डारीले सहजीकरण तथा व्यवस्थानमा सहयोग गरेका थिए ।

newari23

उनीहरुलाई धरानका ३ नंं. वडाका वडाध्यक्ष आशा श्रेष्ठ, नेवाः देय् दवूका केन्द्रिय सदस्य अनिल मास्के, नेवाः देय् दबू धरानका सचिव अमृत श्रेष्ठ, ल्याम्ह दवूका केन्द्रिय उपाध्यक्ष समिर आचार्जु र पासा खलः धरान लगायत धरानका नेवारी संघ संस्थाले स्वागत गरेका थिए । पौष २१ गते देखि सिन्धुली, लाहान, हिले, धनकुटाका विभिन्न धार्मिक स्थलहरुको परिक्रममा गर्दे उनीहरु धरान आईपुगेका हुन् । यसपछि विराटनगर, ईलाम मनोकामना हुदै किर्तिपुर फर्कने कार्यक्रम रहेको कलाकार एवं गायक राजेश महर्जनले बताए ।

विभिन्न चाडपर्व मेला उत्सव र विवाह आदिमा समुहले कार्यक्रमहरु गदै आएको आएको छ । विवाहमा शुल्क लिने गरेको छ । संकलित रकमबाट ६० प्रतिशत कलाकारहरुलाई वितरण गर्ने र ४० प्रतिशत संस्थाको अक्षयकोषमा राख्ने गरेको छ । यही अक्षयकोषबाट प्राप्त व्याजको रकमबाट आफुहरु विभिन्न जाने कला संस्कृति प्रर्दशन गर्ने गरेको कृर्तिपुर नगरपालिकाका १ नं. वडाका वडाध्यक्ष समेत रहेका हर्ष मर्हजनले वताए ।

newari3 newari4