धरान : धरान-९ स्थित शाकेला टेक्निकल एकेडेमीले संचालन गरेको मन्टेश्वरी तालिममा सहभागीलाई शुक्रबार एक कार्यक्रमका बीच दीक्षित गरिएको छ ।

गत श्रावण २० गते देखि पुष ९ गतेसम्म संचालित तालिममा २८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । सहभागीहरुलाई एकेडेमीका प्रमुख कार्यकारी अधिकृत शालिक शतासक राई, सगरमाथा एसडी कलेजका प्रिन्सिपल सन्तोष राई, समिट मा.बि.का प्रिन्सिपल रमेश दाहाल लगायतले कन्भोकेसन क्याप "दीक्षित टोपी" र प्रमाण-पत्र वितरण गरे । तालिम  अबधिभर जीवन उपयोगी शिक्षा, ५ इन्द्रीयहरूलाई सक्रिय बनाएर कसरी साना बच्चालाई सिकाउने, आर्ट एण्ड क्राफ्ट, राईम्स लगायत सिकाइएको प्रमुख प्रशिक्षक शालिक सतासक राईले जानकारी दिए क्ष्बच्चाको रुची अनुसार सहि बाटोमा हिडाउन शिक्षण पेशामा आबद्ध हुन् चाहनेले मात्र नभएर हरेक आमा बुवाले मन्टेश्वरी तालिम लिनुपर्नेमा राईले जोड दिए ।

सहभागी युनिसा तामांगले तालिमबाट आफुले सिकाउने परम्परागत शैली गलत भएको थाहा पाउनुका साथै बच्चालाई डर र करले नभई देखाएर, सुनाएर र गरेर सिकाउनु पर्ने रहेछ भन्ने कुरा सिकेको बताईंन । सहभागी खुशी लिम्बुले आफ्नो कुरा बच्चालाई थोपर्ने प्रवृत्तिलाई हटाएर स्वत:स्स्फुर्त रुपमा अभिरुची जगाउदै बच्चालाई सिकाउँन सकिने कुरा जानेको बताइन ।  तालिम अबधिभर एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राई, अनु तामांग, राम चन्द्र राई, अर्चना ढकाल, प्रकास श्रेष्ठ र सुरज मेवाहांग राईले सहजीकरण गरेका थिए  ।