सप्तरीमा चिसोको कारण डोम समुदायको जनजीवन कष्टकर

  • पुष २८, २०७६
  • १०२ पटक पढिएको
  • कपुरीन्यूज
alt

सप्तरी : निरन्तरको शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिकाको डोम समुदायको जनजीवन कष्टकर बनेको छ ।

बसोबास र गरिबीका कारण पोषिलो खाने कुराको अभाव तथा न्यानो लुगा नहुँदा वडा नम्बर ६ का १२ घर डोम परिवारकोे जनजीवन कष्टकर बन्न पुगेको हो । कुनै कुनै वर्ष यस्तो चिसोमा ओड्ने लगायतका राहत पाउने गरेपनि यस पालि अहिलेसम्म स्थानीय सरकारदेखि स्थानीय संघ संस्था, जिल्ला प्रशासन कार्यालयसम्मको ध्यान पुग्न नसक्दा चिसोले कठ्यांग्रिएर बस्नु परेको उनीहरुले गुनासो गरेका छन् ।

ऐलानी जग्गामा झुप्रो बनाएर बसोवास गरिरहेका एक सय जनसंख्या रहेको डोम बस्तीका वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएकोले राहतको व्यवस्था मिलाइ दिन उनीहरुले आग्रहसमेत गरेका छन् । यता छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलले स्थानीय एक समूहले दुई सातादेखि गाउँपालिका कार्यालयमा धर्ना दिदै काम अवरुद्ध गरेका कारण चाहेर पनि विपन्न परिवारमा राहत वितरण गर्न नसकिएको बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved