झापाः झापाको बिर्तामोड नगरपालिका १० सैनिक बजारमा आफ्नै घाटी रेटेर एक बृद्धाले आत्महत्या गरेकी छिन् ।

आईतबार साँझ साढे ७ बजेको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् । घाँटी रेटेर गम्भीर घाईते भएकी उनलाई उपचारको लागी एण्डसी अस्पताल बिर्तामोड पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।