सुनसरीः सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पिपल चोकस्थित भित्रि सडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजे को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकलयात्री ईटहरी उपमहानगरपालिका ४ हलगडा की २६ बर्षीय सुनिता कार्कीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सिङ होम अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो ।

उक्त सेप्टिट्याङकीका चालक ईटहरी ५ का ३८ बर्षीय राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सहचालकले चलाएको खुल्न आएपछि सहचालक रामधुनी ३ का ४९ बर्षीय प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।