धरान: ईलाका प्रहरी कार्यालय धरानले वडा न. ८ बाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही वडाका ३७ बर्षीय दिवस बस्नेत क्षेत्री रहेका छन् । उनलाई आइतार राती ८ बजे धरान ८ स्थित दुर्गाचोक सडक खण्डबाट लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बस्नेतले कम्मरको भागमा पाईन्टको पेटीले कालो प्लाष्टिक बेरेर लुकाएको अवस्थामा लागुऔषध बोकेको थियो । उनको साथबाट एभिल ६० एम्पुल, डाईजेल्याब ६० एम्पुल र लुपिजेसिक ६० एम्पुल गरी कुल १८० एम्पुल वरामद भएको जनाएको छ ।