मोरङ: ईलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादीहरु पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा बहुबिबाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्दामा कैद तथा जरीवाना फैसला भए पनि फरार भएका प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पथरी प्रहरीले हालसम्म फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी अदालतमा बुझाएको हो ।

यो पुष महिनामा मात्र ईलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी बुझाईसकेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । यस्तै, फरार प्रतिवादीहरुलाई पक्राउ गर्न पथरी प्रहरीले बिशेष टोली नै परिचालन गरेर पक्राउ अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ ।