सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपाको निर्णय

  • माघ ५, २०७६
  • १३९ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौँ: लामो रस्साकस्सी पछि सत्तारुढ दल नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा नेता अग्नी प्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । आजै बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । सोही सहमतिलाई सचिवालय बैठकले निर्णय गर्दै अनुमोदन गरेको हो ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई दुव्र्यवहार तथा कुटपिट गरेको आरोप लागेपनि तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजिनामा दिएका थिए । उनको राजिनामा पछि सभामुख पद रिक्त रहेको छ । सभामुख पदमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि दाबी गरेकी थिइन् । तर, पार्टीले भने उनलाई उपसभामुखबाट पनि राजिनामा दिन निर्देशन दिएको थियो । सभामुख र उपसभामुख एउटै पार्टीबाट नहुने भएकोले उनलाई राजिनामा दिन भनिएको थियो । सभामुख चयन विवादकै कारण पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सुचना टाँस गरेर स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोली माघ ६ गतेलाई बोलाइएको छ ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved