धरान: संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण भएपछि स्थानीयस्तरमा पनि समायोजन हुने क्रम जारी छ।

सुनसरीको बराह नगरपालिकामा पनि दुवै पार्टी समायोजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा भएको समायोजन कार्यक्रमबाट नरेश राईको अध्यक्षतामा ४४ सदस्यीय कमिटी गठन गरिएको छ ।

त्यसैगरी उपाध्यक्ष दोर्जी शेर्पा, सचिवमा दिनेश कटुवाल, सहसचिवमा भक्त सिं लिम्बू र कोषाध्यक्ष दोभादेबी थापा रहेका छन् । अन्य सदस्यहरु छन् । बराह नगरपालिका ७ परालिगल भवनमा आयोजित कार्यक्रममा बिशेष अतिथि केन्द्रिय सचिव पर्शुराम बस्नेत रहेका थिए।