धरान: वैदेशिक रोजगारीमा इजरायल पुगेकाहरुले धरानकी एक मृगौला पीडित महिलालाई आर्थिक सहयोग पठाएका छन् ।

धरान ४ की दुवै मृगौला खराब भएर उपचाररत ३८ बर्षीय तालकुमारी मगरलाई इजरायलबाट ९० हजार रुपैया सहयोग भएको हो । इजरालयबाट आएको सहयोगमा १४ हजार थपेर कुल १ लाख ४ हजार आज मगरलाई हस्तान्तरण गरिएको छ । आर्थिक अभावले मगरको उपचारमा समस्या भइरहेको थियो । सहयोग रकम आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मगरलाई त्यही लगेर प्रदान गरिएको थियो । प्रतिष्ठानकै मेडिसिन विभाग प्रमुख डा.सञ्जिव शर्माले मगरलाई रकम हस्तान्तरण गरेका थिए ।

यो रकम इजरायलबाट चन्द्रकला कोयी राईको पहलमा संकलन गरी पठाइएको थियो । इजरायलबाट चन्द्रकला कोयी राईले २०० डलर, राम कडेलले २ सय ५ सकेल, शैलेन्द्र राईले एक सय १० सेकल, नवराज ओली, उपेन्द्र राई, ज्ञानु सुनुवार, प्रेमशोभा राईले जनही एकसय ५ सेकल इजरायली रुपैयाँ आर्थिक ुहयोग गरेका छन् । त्यस्तै कंसिस बान्तवा, पेमु राई, सरु राई, राधिका शाक्य, धना थापा, लक्ष्मी राईले जनही एकसय सेकल इजरायली रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरि, इजरालयबाट नै ज्योजी शर्मा, सीता कोइराला र बालकुमार साम्पाङले जनही ५५ सेकल सहयोग गरेका छन् भने लक्ष्मी अनुराघी भट्टराई,बाबुकाजी श्रेष्ठ, गीता सुवेदीले जनही ५० सकेल इजरायली रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यस्तै, वीपी प्रतिष्ठानका डा. अशोक ऐर र रोशन राईले जनही ५ हजार सहयोग गरेका छन् भने प्रतिष्ठानकै डा. विकास साह र चन्द्रमाया आचार्यले जनही २ हजार रुपैयाँ सहयोग गरेका छन् । मेडिसिन विभाग प्रमुख डा.शर्माले मगरको उपचारमा प्रतिष्ठानको तर्फबाट सहुलियत दिइने बताए । उपचाररत मगरले सहयोगी सबैलाई धन्यवाद दिइन् ।