सुनसरी: लिम्बु पत्रकार संघ सुनसरीको तेस्रो जिल्ला अधिबेशनले कुशल कुरुम्भङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

संघको मंगगलबार सम्पन्न अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षतामा कुरुम्भङ चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा धीरेन लिम्बु, सचिवमा मेरिना तुम्सा र कोषाध्यक्षमा सिंहबहादर मादेन चयन भएका छन् । यसैगगरि, सदस्यहरुमा मौसमी पारघरी खजुम, यशोदा लिम्बु, रेश्मा सुब्बा चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा हर्ष सुब्बा, निलिफा सुब्बा, प्रदीप मेन्याङबो, सुमन जबेगु, सन्तोष कुरुम्बाङ, यसोदा सेने र लक्ष्मी मादेन चयन भएका छन् । अधिवेशन संघका केन्द्रीय अध्यक्ष देबेन्द्र खापुङ, उपाध्यक्ष बिजयबोध लावती र महासचिब मिलन लिम्बुको उपस्थितिमा भएको थियो ।