झापा : झापाको गौरिगञ्ज गाउँपालिका वडा नम्बर ३ मा आज सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा हिमशिखर टेलिभिजनको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष मखना महतो गैदारको अध्यक्षता रहेको थियो । सार्वजनिक सुनुवाईमा वडावासीले वडाध्यक्ष महतो र वडा सचिव अजय शाहलाई विभिन्न विषयमा केन्द्रित रहेर प्रश्न र जिज्ञाशा राखेका थिए ।

बिशेष गरि सो कार्यक्रमका सहभागी माध्ये अधिकांशले विकास निर्माण र वडाबाट उपलब्ध हुने अनुदानका बिषयमा प्रश्न र जिज्ञाशा राखेका थिए । कार्यक्रममा वडाको बार्षिक वजेट, निर्माणधिन बिभिन्न स्थानका सडक, बसपार्क ब्यबस्थापन, अतिथि सदनको जग्गा, विद्युतको समस्या, खानेपानी लगायतका विषयमा जिज्ञासा राखेका थिए । वडाबासीहरुका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै वडाध्यक्ष मखना महतो, वडा सचिव अजय साहले वडा भित्र संचालन भईरहेका कामहरूका बारेमा जानकारी गराउदै अन्य अधुरा कामहरू समय अवधिभित्र सम्पन्न गर्ने प्रतिवद्वता जनाए ।
वडा सदस्य हेमा आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सञ्चारकर्मी सुदिप अधिकारीले गरेका थिए ।