धरान : जनयुद्ध तथा सहिद स्मृति दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरानको भानुचोकमा गरिएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरिएको नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले बताए । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाले सहिदहरुको बलिदानीले परिवर्तन सम्भव भएको बताए । रक्तदानमा कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

blood-donation