चन्द समूहका विद्यार्थी संगठनका अध्यक्ष नेता ढकाल पक्राउ

  • फाल्गुन १, २०७६
  • ३८९ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरी पुनः पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ढकाललाई काठमाडौंको असनबाट आज बिहान पक्राउ गरेको हो । ढकाल सहितको समूहले ‘जनयुद्ध दिवस’ मनाउने तयारी गरिरहेको सूचनापछि खटिएको महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिई काठमाडौं प्रहरीको जिम्मा लगाएको हो ।

उनी यसअघि पनि काठमाडौंको अनामरगरबाट पक्राउ गरेका थिए । सो समयमा उनी बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतको आदेशले रिहा भएका थिए ।

ढकालविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । यद्यपी कुन कसुरमा मुद्दा चलाउने भन्ने विषयमा प्रहरीले परामर्श लिईरहेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved