झापा : झापाको बाह्रदशी गाउँपालिका २ गच्छीमारीमा ट्याक्टरबाट लडेर स्थानीय २० बर्षीय सुनिल मुर्मुको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह साँढे ४ बजेको समयमा गच्छीमारीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्याक्टरमा सवार रहेका मुर्मु सोही ट्याक्टरबाट लडेर घाईते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ भने ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ ।