धरान जेसीजको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

  • फाल्गुन ३, २०७६
  • ५८१ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान : धरान जेसीजको ४४ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार प्रणय दिवसका दिन वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरियम हलमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास थिए भने विशेष अतिथि प्रदेश नं. १ का सभासद चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रदेश नं. १ का ट्राफिक प्रहरी प्रमुख भिम बहादुर दाहाल र विराटनगर जेसीजका अध्यक्ष उज्वल खरेल रहेका थिए । धरानका विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दल, समाजसेवी, व्यवसायीहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुखअतिथि विजयकुमार विश्वासले आगामी दिनमा नेपाल सरकारले सञ्चालन गरेको पर्यटन वर्ष लक्षित कार्यक्रम भिजिट २०२० अभियानलाई सफल पार्न सहकार्य गर्ने समेत जनाकारी गराए । धरान जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी मनिषशाहीले नवनिर्वा्चित वर्ष २०२० का अध्यक्ष जेसी दिपेन्द्र निरौलालाई सपथ ग्रहण गराए । धरान जेसीजको प्रोजेक्टका रुपमा सञ्चालित जुनियर जेसीजतर्पm वर्ष २०१९ अध्यक्ष मन्दिपशाहीले नवनिर्वा्चित वर्ष २०२० अध्यक्ष शुभम शाक्यलाई सपथ ग्रहण गराए । नवनिर्वा्चित अध्यक्ष दिपेन्द्र निरौलाले धरान जेसीज कार्यसमितिलाई पूर्णता प्रदान कानुनी सल्लाहकार बर्षा अग्रवाल, महासचिवविदुर थापा, कोषाध्यक्ष अशिषराज यादव, सचिव शरुपा थापा मगरलाई नियुक्तगर्दै अध्यक्षीय सल्लाहकार सन्दिप शाक्य, दीर्घकालिन परियोजना सभापति वसन्त कार्मचार्य, तालिम निर्देशक प्रतिक श्रेष्ठ लगायतलाई मनोनितगर्दै निर्वा्चित कार्यकारिणी उपाध्यक्षमा दिनेश तामाङ, रिया श्रेष्ठ, उपाध्यक्षमा सागर प्रसाई, खेमकला काम्बाङ, राजु शाह, सलुजा मास्के गरी जम्मा २५ जनाको सपथ ग्रहण गरिएको थियो । हरेक व्यक्तिभित्रमा एक लिडर हुन्छ । हरेक व्यक्तिभित्रको लिडर सिप क्षमतामा निखार ल्याउन सहकार्य र सहजिकरण गर्ने प्रतिबद्धताका साथ धरान जेसीजवर्ष २०२० का लागि “लिड द लिडर्स” भन्ने मुल प्रकरण राखिएको जानकारी समेत गराए । विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने जेसीज सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन २०१९ की महासचिव आयुष्मा शाक्य र पूर्वअध्यक्ष सन्दिप शाक्यले गरेका थिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved