मोरङ : मोरङको रतुवामाई १ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई १ सोनापुरका २२ बर्षीय आबिद मिँयाको मृत्यु भएको छ ।

गएराती साढे ९ बजे को २७ प ४६५० नम्बरको मोटरसाईकल सोही स्थानमा बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोकिएर दुर्घटना हुदाँ मोटरसाईकल चालक आबिद मिँयाको उपचारको क्रममा रंगेली अस्पतालमा गएराती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।