दमक : झापाको मेचीनगर ६ मा भारतीय नागरिक ३२ बर्षीय सपन अधिकारी लागुऔषध खैरो हिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

शनिबार अपराह्न्न साढे ४ बजे सिमा एरियामा चेकजाँच गर्ने क्रममा भारत जलपाईगुडी डिष्ट्टिक धुपगाछी घर बताउने अधिकारीलाई ५ ग्राम लागु औषध खैरो हिरोईन ब्राउन सुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।