पथरी  : ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको प्रदेश २ को संयोजक टिकेन्द्र (दिनेश) पौडेल चयन भएका छन। सुनसरीको इटहरीमा सम्पन्न पछिल्लो बैठकले पौडेललाई प्रदेश २ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो।
ग्रील तथा स्टिल व्यावसायी महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल मोरङ्गको पथरी उद्योग वाणिज्य संघका उद्योग सचिव समेत रहेका छन ।
इटहरीमा सम्पन्न बैठकले प्रदेश २ का लागि पौडेल सहित प्रदेश प्रदेश १ मा बज्रसुरज आंदेम्बे, बाग्मतीमा मोहन कुमार श्रेष्ठ, गण्डकी प्रदेशमा रण बहादुर बिश्वकर्मा र ५ नम्बर प्रदेशमा दिपक आचार्यलाई प्रदेश संयोजक तोकेको छ।