इटहरी : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग विदेशबाट आयात गरिने पुस्तकमा कर असुल्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लिने निर्णय फिर्ताको माग गरेका हुन् ।

उनले पुस्तकमा कर लगाउने सरकारको कदमले अन्तर्रा्ष्ट्रिय लज्जाको विषय बनेको टिप्पणी गर्दै यो निर्णय तत्काल नसच्याए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् । ज्ञानको क्षेत्रमा कर लगाउनु लज्जास्पद र गलत कार्य भएको भन्दै नेबिसङ्घले सच्याउन माग गरेको छ ।