सप्तरी : मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्य भएको हो । सम्मेलनस्थलमा शनिबार साँझ बेहोस भएका एक जना भारतीयको मृत्यु भएको थियो । भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तीलक भारतीले बताए । शनिबारदेखि सुरु भएको सम्मेलनमा करिब अढाइ लाख सहभागी छन् ।