धरान :  मानवता बचाउ नेपाल धरान सुनसरीले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर डस्टविन वितरण गरेको छ ।
धरान १५ मा रहेको शदन स्कुलको अगाडी एक कार्यक्रमको आयोजना गरी मानवता बचाउ नेपालले धरानका विभिन्न स्थानमा राख्नको लागि ४० वटा डस्टविन वितरण गरेको हो ।
विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग संकलन गरी पहिलो चरणमा ४० वटा मात्र डस्टविन वितरण गरीएको र संस्थाले १५० वटा डस्टविन वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।
संस्थाका अध्यक्ष सोनाहाङ राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारम प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष इवारमले सामाजिक कार्यमा सक्रिय रहेको संस्थालाई वडाले सदैब सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
एकबर्ष अगाडि धरान वडा नम्बर १५ मा स्थापना भएको मानवता बचाउ नेपाल धरान सुनसरीले विशेष गरी बालबालिका, वृद्धवृद्धा, असहायको साथमा वातावरणिय क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको अध्यक्ष सोनेहाङ राईले वताए ।

Dustbin-2