धरान :धरान उपमहानगरपालिका १३ नं वडा कार्यालयले आयोजना गरेको युवा तथा अभिभावकलाई लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना तालिम सम्पन भएको छ।

लागुऔषध नियन्त्रण तथा सचेतना अभिवृद्धि कार्यक्रम आइतबार इलाका प्रहरी कार्यालय धरानको संयोजनमा प्रहरी नायव  निरिक्षक दीपक कटुवालको प्रशिक्षक रहेको कार्यालयका अध्यक्ष नेत्र प्रसाद काफ्ले जानकारी दिए । पछिल्लो  समय  समाजमा युवाहरू लागुऔषध दुर्व्यसनबाट प्रभावित भइरहेको समयमा वडावासीहरूमा त्यसको असर नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको अध्यक्ष काफ्ले बताए । उक्त सचेतना तालिममा ४६ जनाको सहभागी रहेको वडा सदस्य सन्तोष राईले बताए ।

लागुऔषध सम्बन्धी कानुनी प्रावधान, त्यसको नकारात्मक असर, यसको प्रयोगबाट व्यक्तिको स्वास्थ्य ,परिवार तथा समाजमा पर्न असर तथा सावधानका विषयमा जानकारी गराइएको थियो ।