विराटनगर : प्रतिबन्धित लागुऔषध सहित २ जनालाई मोरङको विराटनगर महानगरपालिका १५ बाट पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ११ का २० वर्षीय आयुष गुरुङ र १८ वर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धित लागुऔषध सहित आज बिहान पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका यी दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ ।