इटहरी : पछिल्लो समय सरकारमा घट्दै गएको विभिन्न घटनाको बिरोधमा प्रदेशसभामा कविता नै बाचन नै गरेर सरकारको आलोचन सुरु भएको छ । प्रदेश एकको सभाको शुन्य समयमा कांग्रेसबाट निर्वाचित सांसदले प्रधानमन्त्रीको आलोचना गर्दै राजिनामा माग गरेका छन् ।

मोरङका सांसद सुयार्मा राईले पछिल्लो प्रधानमन्त्रीको जन्मदिनको केक देखि सरकारका मन्त्रिले मागेको कमिशन सम्म जोडेर कविता सुनाएका हुन् । कविता सुनाएका राईले अन्तिममा राइले 'प्रधानमन्त्रि ज्यु नैतिकताले राजिनामा दिनुहोस' भन्दै प्रधानमन्त्री ओलीको राजिनामा समेत माग गरेका थिए ।

बालुवाटारमा बेसुरा सारंगी रेटेको देखियो
सर्वहारा बर्थ डेमा केक हो कि देश काटेको देखियो

सामन्ती, बुर्जुवा, पुँजीपति, जनताको शत्रु हुन् भन्थे
सर्वहारा प्रधानमन्त्रीको मण्डले चरित्र फाटेको देखियो

समृद्द नेपाल सुखी नेपाल नारा त सुनेकै हो
करोड अरबको कमिसनमा त्यो सबै साटेको देखियो

भष्टचारीको मुख हेर्दिन नयाँ टुक्का शब्दकोशमा
आफ्नो अनुहार ऐनमा मज्जाले चाटेको देखियो

नेपाल र नेपालीको भाग्य बदल्छु भन्नेले
काखी च्यापी घुसखोरिलाई जनता ढाँटेको देखियो

मेचीकाली हिमाल तराई जय राष्ट्रवाद
बेलाबेला उत्तर दक्षिण शिर काटेको देखियो

राजिनामा माग्छन जनता ए प्रधानमन्त्री ज्यु
नैतिकता कुन चरी हो? उल्टै सोध्न लागेको देखियो