धरान : श्री धातु व्यवसायी सङ्घ धरान सुनसरीले याङ्गसिला मोरङ चोक्टी स्थित जन्मभूमि आधारभूत विद्यालयलाई पानी ट्याङ्की तथा कम्प्युटर प्रदान गरेको छ ।

धातु व्यवसाय सङ्घले व्यापार व्यवसाय सँगै सामाजिक उत्तरदायित्व अँगाल्दै जन्मभूमि आधारभूत विद्यालयलाई १ हजार लिटरको पानी ट्याङ्की र १ थान र कम्प्युटर १ थान वितरण गरेको संस्थाका अध्यक्ष पीयूषराज आचार्यले जानकारी दिए ।right-pic 1

२०५३ सालमा स्थापना भएका संस्थाले स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको अध्यक्ष आचार्यले बताए। उक्त विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर भुजेलले विद्यालयलाई अति आवश्यक सामग्री सौजन्य गरेकोमा धातु व्यवसायलाई धन्यवाद दिँदै खुसी व्यक्त गरे । सोही अवसरमा विद्यार्थीहरुलाई चक्लेट तथा बिस्कुट समेत प्रदान गरेको थियो । कार्यक्रममा धातु व्यवसाय संघका सदस्य तथा रोटरी क्ल्व अफ धरानका अध्यक्ष सुरेन्द्र मान स्थापित,सल्लाहकार रोहित ताम्राकार,अनिल ताम्राकार,सचिव सुरेश ताम्राकार, कोषाध्यक्ष अशोक तुलाधार तथा धातु व्यवसाय संघको महिला कार्यसमितिको समेत सक्रिय सहभागि रहेको थियो ।group-picture