लहान : सिरहाको कर्जन्हा नगरपालिका ४ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा अर्का एक जना घाइते भएका छन् । बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मोटरसाइकल ठोक्किँदा घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।