काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
तर जुत्ता मञ्चसम्म आइपुगेन ।  जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवा रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २२ वर्षे रतन पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ ।

उनलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएका छन् । नेताहरु सुविधाभोगी भएको भन्दै पूर्व लडाकुहरु असन्तुष्ट हुँदै आएका छन् । यसअघि पनि दाहालमाथि विभिन्न कार्यक्रममा जुत्ता चप्पल प्रहार हुँदै आएको थियो ।