धरान :कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ ।

खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको भनाई छ ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम mRNA-1273 राखिएको छ ।
                                                                                                       -विभिन्न संचार माध्यमहरुबाट