सुनसरी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लि.ले कोरोना भाइरस संक्रमणसम्बन्धी रोकथाम र नियन्त्रण उपचारमा प्रधानमन्त्री राहत कोषमा सम्पूर्ण कर्मचारीहरुको एक दिनको तलब सहयोग गर्ने भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लि., ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड बचात तथा ऋण सहकारी संस्था लि.का कर्मचारीहरुको एक दिनको तलब कोरोना उपचार तथा राहत कोषमा हस्तान्तरण गरिने भएको हो ।

नेकपाकी नेतृ पूर्व राज्यमन्त्री समेत रहेकी भगवती चौधरीको नेतृत्वमा रहेको फरवार्डले देशभरका सातसय बढि कर्मचारीको एक दिनको तलब बराबर पाँच लाख पचास हजार रुपैंया प्रधानमन्त्री राहत कोषमा प्रदान फरवार्डकी अध्यक्ष भगवती चौधरीले बताइन।

‘कोरोना भाइरस जस्तो विश्वब्यापी कहरमा राज्यले मात्र केही गर्न सक्दैन । हामी निजी क्षेत्र र जनताले पनि राज्यलाई सहयोग गर्नुपर्छ भनेर हामीले एक दिनको रकम प्रदान गर्ने निर्णय गरेका हौं ।’ फरवार्डकी अध्यक्ष भगवती चौधरीले भनिन् ।

ग्रामिण भेगमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुलाई आर्थिक क्षेत्रमा अगाडी बढाउने अभियान सहित सञ्चालित फरवार्डले मुलुकमा आइपरेको विभिन्न संकट र विपत्तिमा सरकारी अभियानसँगै आफैंले सहयोग र सहकार्य गर्दै आइरहेको छ ।

सुनसरीको दुहवीबाट सञ्चालनमा आएको फरवार्ड माइक्रोफाइनान्स अहिले देशका ४१ जिल्लाका दुई लाख पचास हजार महिला माझ पुगिसकेको छ ।