धरान : धरान उपमहानगरपालिका वडानं. १३ ले आफ्नो वडामा विदेशबाट आउनेको खोजी सुरु गरेको छ ।

विश्वमा महामारीकोरुपमा फैलिरहेको कोविड १९ कोरोना भाईरसको संक्रमणको जोखिम बढदै गएकोले आफनो वडामा ट्राभल हिस्ट्री भएका मानिसको खोजी सुरु गरेको १३ नम्वर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको संयोजकत्वमा ९ सदस्यीय वडास्तरीय कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सिघ्र उद्दार टोली गठन भएको छ ।

सो टोलीको सदस्यमा अमरहाट अस्थाई प्रहरी विट, कुलबहादुर मगर, गौतम श्रेष्ठ, विष्णुप्रसाद चौलागाई, गोपाल श्रेष्ठ, गोमा तामाङ, तारा गोले र रितु राई रहेका छन् । समितिलाई बुधवार विषेश सुरक्षित पहिरन वितरण गरिएको छ । सुरक्षित पहिरन लगाएर उद्दार टोलीले १३ नम्वर वडाको टोलटोलमा २ २ जना पुगेर कोही बिदेशबाट आएका छन् की भनेर विवरण संकलन गर्नुका साथै १३ नम्वर वडामै निर्माण गरिएको क्वारेन्टाईनमा बस्न लगाईने छ ।

धरान १३ मा रहेको शैनिक आवसिय महाविद्यालयमा ६२ वेड र संघिय प्रहरी कार्यालयमा १० बेड गरी अहिले सम्म १३ नम्वर वडामा मात्रै ७२ बेडको क्वारेनटाईन तयारी भएको वडाध्यक्ष काफ्लेले जानकारी दिएका छन्।

वडास्तरीय कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सिघ्र उद्दार टोलीलाई जनजागृति समाज, शिवधारा आमा समुह,अमर सेवा समाज, अन्नपुर्ण महिला समुह, सफल आमा समुह, जानकी टोल सुधार समिति, लालीगुराँस आमा समुह, देवी मार्ग टोल सुधार समिति, कुलबहादुर मगर, घनश्याम तिम्सिना र वडाध्यक्ष स्यमं्ले सहयोग गरेका छन् ।

धरान १३ मा निर्माण गरिएको क्वारेनटाईनका लागि नेपाल रेडक्रस सोसाईटीको सहयोगमा ४० थान कम्वल, धरान उपमहानगरपालिकाको २ नम्वर वडा सदस्य मुकेश अग्रवालबाट २२ थान कम्बल र १० थान डसना र १० थान सिरानी सहयोग गरेका छन् । क्वारेनटाईनमा बस्नेहरुका लागि खानाको व्यावस्था १३ नम्वर वडा कार्यालयले गरेको छ भने सेनिटाईजर पनि क्वारेन्टाईनमा उपलव्ध गराईको १३ नम्वर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।