इटहरी : बुधबार सुनसरी जिल्ला प्रहरी कार्यालयले लकडाउन उल्लङ्घन गर्ने २ सय ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलको अनुसार मंगलबारको भन्दा बुधबार थप कडाइ गर्दा समेत मानिसहरु घरबाहिर निस्किएका थिए ।

लकडाउन उल्लङ्घन गरी चलाईएका सवारी साधनमा मोटरसाईकल र स्कुटर १७३, कार २, सिटिसफारी २७, साइकल २१, ट्रक १० वटा नियन्त्रणमा लिईएको थियो ।

पक्राउ गरेका सर्वसाधरणलाई बुधबार साँझ फेरी घर बाहिर ननिस्कन भन्दै छाडिएको छ भने सवारी साधनलाई पनि सवारी धनीलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।