'लकडाउन' उल्लघंन गर्ने बिरुद्ध कठोर बन्दै झापा प्रहरी नियन्त्रणमा लिइएका सवारी लकडाउन पछि मात्रै सम्बन्धित ब्यक्तिलाई दिइने

  • चैत्र १३, २०७६
  • ६०८ पटक पढिएको
  • कपुरी न्यूज
alt

झापा : कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान देखिएका छन् ।

झापाका विभिन्न शहरहरुमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने तयारी सुरक्षाकर्मीले गरिरहेका छन । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ । त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ ।

Jhapa-Lockdown

झापामा लकडाउन उल्लघंन गर्नेप्रति प्रहरीले कडा कदम चाल्ने भएको छ । पहिलो र दोस्रो दिन पनि जिल्लावासीले लकडाउन उल्लघंन गरेका घटना देखिएपछि झापा प्रहरी कडा रुपमा प्रस्तुत हुन लागेको हो । पहिलो र दोस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २ सय ७० बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका सवारीसाधन बेलुका छाड्ने गरेको र त्यसो गर्दा लकडाउन प्रभावकारी हुन नसकेको भन्दै आजदेखि नियन्त्रणमा लिएका कुनै पनि सवारीसाधन नछाड्ने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनले नियन्त्रणमा लिइएका सवारी लकडाउन हटेपछि मात्रै सम्बन्धित ब्यक्तिलाई दिइने बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved