धरान: व्यापारिक समूह चौधरी ग्रुपले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिपिई हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस सङ्क्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने प्रयोग हुने १० वटा रक्षात्मक सामग्री पिपिई चौधरी ग्रुपले हस्तान्तरण गरेको हो ।

व्यापारी समूहको सामाजिक उत्तरदायित्व अन्तर्गत चौधरी ग्रुपले पिपिई उपलब्ध गराएको हो । चौधरी ग्रुप अन्तरगतको चौधरी फाउन्डेसनले २०७२ सालको भूकम्प, २०७५ सालको बारा पर्साको हावाहुरी, २०७६ सालको कोरोना भाइरस महामारीमा सहयोग गरेको चौधरी फाउन्डेसनका रामचन्द्र धितालले बताए ।

चौधरी फाउन्डेसनका रामचन्द्र धिताल, अर्जित मणि ढकाल, मोहनीलाल गोतामे को टोलीले आएर विपीका वाल रोग विभागका डा. मुकेश भट्ट र डा. वीरेन्द्र मण्डललाई १० सेट पिपिई हस्तान्तरण गरेको हो