झापा : झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना (कोभिड-१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका हुन् ।

‘हामीसँग एक १०० वटा आईसीयू, २५ वटा भेन्टीलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन्’, प्रसाईंले भने, ‘सरकारले ३६ जना डाक्टर माग्दा कोही जान मानेनन् । हाम्रा डाक्टर काम गर्न तयार छन् तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्छ ।’

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् ।

प्रसाईंले थपे, ‘मैले स्वास्थ्यमन्त्रीज्यूलाई पनि यो कुरा भनिसकेको छु, सरकारलाई आवश्यकता परेको वेला सुदुरपूर्वबाट दुर्गा प्रसाईं सेवा दिन तयार छ ।’