धरान : धरान १४ सरस्वती टोलकी १ सय ५ वर्षीय मनसरी राई लकडाउनको बेलामा खाद्यान्न सहयोग पाउँदा खुसीले गदगद भइन् ।

१ सय ५ वर्षकी उनले शुक्रवार आफ्नै ढोकामा आएर १५ किलो चामल, २ किलो आलु र १ किलो दाल दिइएकोमा उनी खुसी भएकी हुन् । असक्त उनी घरमा एक्लै बस्ने गर्छिन् ।

अरूले छोएको पकाएको पनि खाँदिनन् । जसो तसो आफै जीवन गुजारा गरेर खाँदै गरेकी राईलाई जब कोरोना भाइरसको जोखिम न्यूनीकरण भन्दै सरकारले गरेको लकडाउनले उनलाई ठुलै समस्या पर्यो ।

धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अगुवाइमा वडाका विपन्न परिवारहरूलाई खाद्यान्न सहयोग भइरहेको बेला उनले पनि खाद्यान्न सहयोग पाएकी हुन् ।

यसरी लकडाउनको बेलामा विपन्न परिवारले अति आवश्यक खाद्यान्न आफ्नै घर-घरमा आएर वडाध्यक्षले सहयोग गरेकोमा १४ नम्बर वडाका विपन्न परिवारले खुसी व्यक्त गरेका छन् ।

शुक्रवार मात्रै १४ नम्बर वडामा बसोबास गर्ने विपन्न एवं दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै गरेका ४१ परिवारलाई धरान-१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र अन्य सहयोगी व्यक्तिहरूको सहकार्यमा खाद्यान्न सहयोग गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन घोषणा गरेकोले मजदुरी गर्नबाट वञ्चित भएका विपन्न वडावासीहरूलाई अध्यक्ष भट्टराईले आफ्नै व्यक्तिगत खर्चबाट तथा  अन्य व्यक्तिहरूको सहयोगमा चामल १५ के. जी, आलु , दाल र बिरामी रहेका परिवारलाई दैनिक सेवन गर्ने औषधी समेत प्रदान गर्दै आएका छन् ।

१४ नम्बर वडाको अष्टभुजा टोल, सरस्वती टोल, पिण्डेश्वर क्यापसका पच्चिस विद्यार्थी, झोलुङ्गे पुल दुई धारे, तिनधारे, हात्तीसार गरी मरिमराउमा वार्षिकी गरेर बसेकाहरूलाई सहयोग गरिएको छ । अस्थायी प्रहरी पोस्ट प्रहरी प्रमुख भीम बहादुर गुरुङ र वडा सदस्य र स्वयंसेवीका खटी खाद्यान्न घर घरमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

अहिलेको विषम परिस्थितिमा शुक्रवार वडा वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले जिल्ला समन्वय समितिकी सदस्य सिता पौडेल, वडा सदस्य मन्जिल कसजु मनीषा वि. क. ले आफ्नो वैशाख महिनाको सेवा सुविधा विपत् कोषमा जम्मा गर्नै निर्णय पनि गरेका छन् ।