धरान : कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट जोगिन तथा फैलिन नदिनका लागि नेपाल सरकारले घोषणा गरेको चौथो दिन धरान सुनसान थियो ।

धरानका मुख्य चौक भानुचौक, छाता चौक, लक्ष्मी चौक सुनसान थिए । नगर प्रहरी, प्रहरी र ट्राफिक प्रहरीले मुख्य चौक र सडकहरुमा सवारी साधन चल्न रोक लगाएको भए पनि भित्रि सडकहरुमा भने निकै बाक्लो गरी सवारी चलेका थिए ।

Laxmi-Chowk

लक्ष्मी चौक

भित्रि सडक र गल्लीहरुमा पसलहरु बन्द भए पनि मानिसहरुको ठाउँ ठाउँमा निकै बाक्लो जमघट पनि देखिन्थ्यो भने मास्क नलगाउनेहरु बढी देखिन्थे । मुख्य सडकमा पनि टाढा हिडेका केही बटुवाहरु निस्फिक्री हिडीरहेका थिए ।

Chatachowk

छाता चौक

शुक्रबार पनि धरानमा एक जना पनि पक्राउ परेनन् भने सवारी पनि नियन्त्रणमा नलिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

Sadan-road
सदन रोड

शुक्रबार साँझ सर्वसाधरणहरु किनमेलमा अलि बढी निस्किएका देखिन्थे भने केही बैकहरु पनि आंसिकरुपमा खुल्ला भएका थिए । शनिबार पनि धरानमा लकडाउनलाई कडा पारिने प्रशासनले बताएको छ ।

Bargachhi

बरगाछी दक्षिण कोशी राजमार्ग