पथरी : पथरीशनिश्चरे नगरपालिकावाट ८ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । कोरना संक्रमण नियन्त्रणका लागी विदेशवाट फर्किएकालाई खोजी गरि मिक्लाजुङको टाँडीमा पठाइएको हो ।

क्वारेन्टाइन पठाइएकामध्ये २ जना कोरना संक्रमण भएकी महिला संगै को कतार एयरवेजको जहाजवाट नेपाल आएका हुन् । पथरीशनिश्चरेका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यका अनुसार उनीहरुको सुरक्षीत हेरचाहका लागी त्यहा पठाइएको हो ।

यसैबीच, नगरपालिकाले पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वाड तयारी गरेको र आइतवार देखि सेवा सुचारु गर्ने भएको छ । सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ शनिबार पनि बिदा नगरी काममा खटाइने भएको छ ।