पथरी : कोरना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लघन गर्दै मोटरसाइकल सहितका सवारी साधान निर्वाध संन्चालन गरेको भन्दै पथरीशनिश्चरे ३ का विभिन्न वाटोमा स्थानिय युवाहरुले वाटो वन्द गरेका छन् ।

पथरीशनिश्चरे ३ मा रहेको सामाजिक स्कुल पश्चिमवाट किरात चौक जाने वाटो, पिपलचौक पश्चिम झोलुङ्ग पुल हुदै किरात चौक जाने वाटो, जनता मावी पश्चिम छिमेकी लाइन जाने वाटो स्थानिय युवाहरुले लकडाउनको समय सम्म वन्द गरेका छन् । सरकारले तोकेको लक डाउनको समयमा समेत निर्वाध रुपमा मोटरसाइकल र अन्य सवारीका साधन सन्चालन भएको र ति सवारीका साधन कोरोना भाईरसको संक्रमण हुन सक्ने खतरा वडेको भन्दै वाटो वन्द गरिएको स्थानिय युवा सरोज तिम्सीनाले बताए ।

वडा अध्यक्ष डम्वर चेम्जोङ्गको अनुमतीमै वाटो वन्द गरिएको हो । कोरोेना भाईरसको संक्रमण फैलिने त्रास वडेपछि वाटोमा वास राखेर वन्द गरिएको हो । वाटो वन्द भए पछि सवारी साधन सो बाटो भएर कुदेका छैनन् । अति आवश्यक काम पर्दा मात्रै अनुमती दिएर वाटोका ढाट खोलिने बताईएको छ ।यसै विच पथरी प्रहरीले लकडाउनको अवज्ञा गरेको भन्दै पथरीशनिश्चरेको ऐयावारी,हनुमान चौक र मन्दिरलाइन वाट ५ वटा मोटरसाइकल र अन्य ५ वटा मोटरसाइकलको चावी नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीका अनुसार लकडाउनको अवज्ञा गरेको र विना काम वाटोमा मोटरसाइकल लिएर हिडेका १० मोटरसाइकल मध्ये ५ वटा मोटरसाइकल र ५ को चावी नियन्त्रणमा लिइएको हो ।गिरीका अनुसार शनिबार अन्य दिनको तुलनामा लकडाउनको अवज्ञा गरेर घर वाहिर निस्कनेको संख्या कम भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाले पनि घर वाहिर ननिस्कन आग्रह गर्दै विभिन्न वडामा सचेतनाका कार्यक्रम गरिरहेको छ । उपमेयर यमुना विष्ट वास्तोलाको एक टोलीले घर वाहिर निस्कीएका नगरवासीलाई घरमै वस्न आग्रह गर्दै सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ ।