धरान : कृषि उपज बजार स्थल धरानबाट आज शुक्रबार विहान ६० भन्दा बढी गाडीमा करिव ३५ टन तरकारी धरानका विभिन्न वडामा लगिएको छ ।

धरान उपमहानगरपालिकामा केही दिन अघि बसेको बैठकले कृषि उपजबजार स्थल धरानको संयोजकत्वमा गठन गरेकोे तरकारी विक्रि वितरण उपसमितीले अहिले धरानका वडावडामा जनप्रतिनिधिहरुसंग सहकार्य गरेर तरकारी सर्वसाधरणलाई सहजरुपमा विक्रि वितरण गरीरहेको छ ।

जस अनुसार धरानका विभिन्न वडाहरुमा खुद्रा पसलहरुले पनि वडाको सिफारिसमा तरकारी बेचविखन गर्न पाउने भएपछि आज शुक्रबार विहान सम्म धरानका विभिन्न वडाले ६५ भन्दा बढी पसलले सिफारिस लिएर खुद्रा व्यापारीहरु कृषि बजार आईपुगेको कृषि उपज बजार स्थल धरानका व्यावस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् । उनीहरुले कृषि उपज बजार स्थलले निर्धारण गरेको मुल्यमा मात्रै बेचविखन गर्न पाउनेछन् ।

हेर्नुस चैत्र २१ गते शुक्रबारको मुल्य सुची

Krishi 1 copy Krishi 2