धरान : समाजवादी विद्यार्थी युनियन धरानले विभिन्न जिल्लाबाट अध्ययनकालागी धरान आएर बसेका विद्यार्थीहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको छ।

समाजवादि पार्टी धरान उपमहानगर समिति तथा युकेमा रहेका प्रज्ञा खापुङको सहयोगमा ४५ जना विद्यार्थीलाई खाद्यान्न बितरण गरिएको समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई अध्यक्ष उदिप लावतिले जानकारी दिए ।

महेन्द्र बहुमुखी क्याम्पसका स्वबियु सभापति सागर चेम्जोङको अगुवाईमा संकलन भएको ३५० किलो चामल र ५० किलो दाल बिहिवार बिद्यार्थीहरुलाई बितरण गरिएको हो ।

पहाडी जिल्लाहरुबाट महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनकालागी आएका विद्यार्थीहरु सरकारले आकस्मिक रुपमा लकडाउन गरेपछि खाद्यान्न अभावले समस्यामा परेका थिए ।