धरान : धरान उपमहानगरपालिकाले भोली शनिबार ३ हजार विपन्न परिवारलाई राहात वितरण गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा जम्मा भएको राहत एकद्वार प्रणालीबाट वितरणको तयारी भईरहेको धरान उपमहानगरपालिकाका सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

आज शुक्रबार एकिकृत राहत वितरण केन्द्रले धरान सभागृहमा धमाधम राहत प्याकीङ गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी धरान १५, नगरप्रहरी, धरान उपमहानगरका कर्मचारी लगायतले धमाधम राहत प्याकिङ गरिरहेका छन् ।

धरान उपमहानगरपालिकाका विभिन्न वडाबाट विपन्न परिवारको तथ्याङ्क संकलन भए अनुसार प्रत्येक वडास्तरबाट ३ हजार परिवारलाई पुग्ने राहात वितरण गरिने धरान उपमहानगरपालिकाका सुचना अधिकारी खगेन्द्र खतिवडाले बताए । उनका अनुसार ३ हजार परिवारलाई प्रति परिवार १० किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ किलो नुन, ४ किलो आलु र साबुन वितरण गरिने छ ।