धरान : धरान उपमहानगरपालिकाको फुड बैकमा जम्मा भएको राहत एकिकृत राहत वितरण केन्द्र मार्फत आज धरानमा तीन हजार परिवारलाई वितरण गरिदैछ ।
धरान उपमहानगरपालिकाको २० वटै वडाको वडा कार्यालयहरुले संकलन गरेको तथ्याङ्क अनुसार अति विपन्न परिवारका ३ हजार परिवारलाई आज पहिलो चरणमा राहत वितरण गर्न लागिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।
आज पहिलो चरणमा वितरण गरिने वडामा वडानं २ का ५० परिवार, वडानं. ४ का १ सय ७० परिवार, वडानं. ५ का ३ सय परिवार, वडानं. ६ का २ सय ५० परिवार, वडानं. ८ का ३ सय परिवार, वडानं. ९ का ८० परिवार, वडानं. ११ का ३ सय ५० परिवार, वडानं. १३ का १ सय ५० परिवार, वडानं. १५ का ५ सय परिवार , वडानं. १६ का ३ सय परिवार, वडानं. १७ का ३ सय परिवार, वडानं. १९ का १ सय ५० परिवार र वडानं. २० का १ सय परिवारलाई आज पहिलो चरणमा राहत वितरण गरिदैछ ।
वडानं. १, ३, ७, १०, १२, १४ र १८ मा दोश्रो चरणमा राहत वितरण गरिने धरान उपमहानगरपालिकाले जनाएको छ ।
अति विपन्न परिवारलाई वितरण गरिने राहतमा प्रतिपरिवार १० किलो चामल, १ लिटर खाने तेल, १ किलो दाल, १ किलो नुन्, ४ किलो आलु र सावुन वितरण गरिने धरान उपमहानगरपालिकाका सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिकामा १० हजार परिवारलाई राहत वितरण गरिने कुरा उठीरहेकोमा सबै वडावाट अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी के कति परिवारलाई वितरण गरिनुपर्ने हो भन्ने बारेमा व्यापक छलफल गरेर मात्रै अर्काे निर्णय गर्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        